एजेन्सी
चीनले युगान्डाको एकमात्र अन्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको छ ।युगान्डाले ऋण तिर्न नसक्दा चीनले युगान्डाको एन्टेबे अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको हो ।

युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी नेतृत्वको तत्कालिन सरकारले सन् २०१५ मा सो विमानस्थल विस्तारका लागि चीनको एक्स्पोर्ट– इम्पोर्ट बैंकबाट २०७ मिलियन डलर ऋण लिएको थियो ।

सात वर्षभित्र सो ऋण चुक्ता गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम युगान्डाले तोकिएको समयावधिभित्र ऋण तिर्न नसक्ने भएपछि चीनले सो अन्र्तराष्ट्रिय विमानस्थल आफ्नो कब्जामा लिने भएको स्थानिय मिडियालाई उद्धृत गर्दै अन्र्तराष्ट्रिय मिडियाले खबर छापेका छन् ।

चीनसँग सो सम्झौतामा पुनवार्ता गर्न गत मार्चमा राष्ट्रपति मुसेभेनीले पत्र पठाएकोसमेत उल्लेख गरिएको छ । तर सो प्रस्ताव असफल भएको समेत बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय