पटकपटक फेरिएर
फेरिन नसकेको
एउटा मेसिन हो यो ज्यान ।
अथाह थाहा
थाहा पाउन
नसकिदै उसलाई अर्को औजार खाँचो हुन्छ
र परिवर्तित नयाँ हतियार जन्माउँछ ।
फेर्नुको रहर उसलाई पुग्छ पुग्दैन ?
जसलाई कसैले ईश्वर भनुन्
पुजुन्
भजुन्
शरणागत होउन्
उ यसै कारखानामा अडिनेवाला छैन ।
भब्यताको लागी उसको छनौट
अचम्मको छ
उ नदेखिएर नै सबै काम तमाम गर्ने
सामर्थ्य राख्छ
भ्रमको आँखामा दृश्य मात्रै देखिन्छ ।
उसको अस्तित्व माथी खेलेर
प्रयोगशालाको प्रयोग निरन्तर छ ।
यता ,
एउटा समवेदनाको अभाव छ
भित्रै देखि हराएको हुनाले ।
बिष्णु पादुका