
नुवाकोट।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनको बुधवार बेलुकी सार्वजनिक भएको नतिजा अनुसार क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा तामाङ विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी मछिन्द्र नरसिँह प्याकुरेललाई १७ मतको झिनो मतान्तरले पराजित गरेका हुन् । नुवाकोट क्षेत्र नं. २ मा कूल ८२१ मत खसेकोमा तामाङले ३७८ मत र प्याकुरेलले ३६१ मत पाएका छन् ।
यसैगरी सचिब पदमा तामाङ प्यानलकै उमेद्वार नवराज पाण्डे र ध्रुव प्रसाद ढकाल विजयी भएका छन् । त्यस्तै सहसचिब पदमा केदार रिमाल र मछिन्द्र तिवारी विजयी भएका छन् ।यद्यपि विजयी केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुको पुर्ण विवरण प्राप्त भइसकेको छैन ।