नुवाकोट।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा नुवाकोटबाट तेक्वान्दो खेलमा नेपाललाई नै विश्व सामु चिनाउन सफल खेलाडी महेन्द्र तामाङको उम्मेदवारी परेको छ।१० बर्ष सम्म नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय तेक्वान्दो खेलेका महेन्द्र तामाङ उर्फ (शंकर गुरु)ले जगतबहादुर तामाङको समुहबाट जनजाती तर्फ केन्द्रिय प्रतिनिधिमा उम्मेदवारी दिएका हुन।
नुवाकोटमा कम्युनिस्टको गढ भत्काएर चारतारे झण्डा लहराउन सफल स्थापित ब्याक्तित्व तामाङको जन्म बिनपा -७ मा भएको हो।सामाजिक ब्याक्तित्व समाजमा सामाजिक भावनाले ओतप्रोत भएको तामाङ छवि नुवाकोटको जनतामाझ चिरपरिचित नाम मध्य एक हो।
नुवाकोट जागरणसंगको साक्षात्कारमा आफू लोकतान्त्रिक पद्धति अन्तर्गत नै बिपिको मार्गको सिद्धान्त पछ्याउँदै समग्र नुवाकोटबासीको ढुकढुकी बन्न चाहेको समेत बताएका छन् ।
उहाँले आफ्नो उम्मेदवारी घोषणा संगै आफुलाई अमुल्य मत दिएर निर्वाचित गराउन सम्पुर्ण क्षेत्रीय प्रतिनिधि ज्युहरुलाई अनुरोध समेत गरेका छन् ।