नुवाकोट क्षेत्र नं २ प्रदेश ‘ख’ मा गणेशमान तामाङको सम्पुर्ण प्यानल विजयी

समाचार

नुवाकोट।
काङ्ग्रेस क्षेत्र न. २ को प्रदेश ख को मतगणना कार्य सम्पन्न भएको छ ।उक्त अन्तिम मतगणना अनुसार गणेशमान तामाङको प्यानलले विजयी भएको हो।

सभापतीका उम्मेदवार गणेशमान तामाङले २५२ मत प्राप्त गरी बिजय हासिल गरेका गर्दा सभापतीका अर्का उम्मेदवार आतम सिह तामाङले १५२ मत प्राप्त गरेर हार ब्यहेरेको हो।

त्यस्तै उपसभापतीमा गणेशमान तामाङको समूहको लाल बहादुर तामाङले २४६ र झम्क भट्टले २३८ मत हासिल गरी बिजय हासिल गरेका छन् भने आतम सिह तामाङको प्यानलका उपसभापती कृष्ण बहादुर तामाङ ले १५९ मत प्राप्त गरेका छन भने सन्त लाल तामाङले ११३ मत पाएका छन ।

सचिब पदमा पनि गणेशमान तामाङकै प्यानलले जित हासिल गरेको छ । जसमा सचिब पदका बिजय तामाङले २४७ मत र सहिदकुमार लामाले २२७ मत प्राप्त गरी बिजय हासिल गरे ।आतम सिह तामाङको प्यानल सचिब पदका गगन लामाले १६० मत र नारायण श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।

यस्तै सह सचिब पदमा गणेशमान तामाङकै प्यानलले बिजय हासिल गरेको छ ।सहसचिब पदका उम्मेदवार बुद्धिराज तामाङले २५२ मत र शिव प्रसाद नेपालले २२९ मत प्राप्त गरी बिजय हासिल गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *