महोत्तरी।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू प्रधानमन्त्री नभए पनि शक्तिशाली नै रहेको बताएका छन्।महोत्तरीको रामगोपालपुरमा आज आयोजित पार्टीको सभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री रहँदा पटक पटक प्रतिगमन गर्दा ठूलो लडाइँ लडेको भन्दै उनले त्यसलाई उल्ट्याउने संघर्षमा पनि आफुले सफलता पाएको बताए।

‘ओलीको प्रतिगमनविरुद्ध सडकमा उत्रिँदा ‘पुसको जाडोमा केही सय मानिससहित सडकमा बस्दा निम्छरो देखाउन खोजे। तर आज हामी गठबन्धन सहित सत्तामा छौँ।’

उनले आफू अझै पनि मधेसका जनताका लागि सिंहदरबार र बालुवाटारमा लड्न तयार रहेको पनि बताए।

‘म जनताको अधिकारका लागि अझै पनि सिंहदरबार र बालुवाटारमा लडाइँ लडिरहनेछु’, उनले भने ‘म प्रधानमन्त्री नभएर के भो त! मेरो एजेन्डा स्थापित भएको छ। गठबन्धनमा म अझै शक्तिशाली छु।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय