नुवाकोट।नेपाली कांग्रेसका सक्रिय महिला नेतृ तथा समाजसेवीका गीता अमात्यले आसन्न १४ औँ महाधिवेशनमा नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन्।

महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेता/नेतृहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रममा नुवाकोटबाट अमात्यले उम्मेदवारी घोषणा गरेकी हुन्। नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ५० जना निर्वाचित हुनेछ।
विद्यार्थी जीवन देखि नेपाल विद्यार्थी संघमा आवद्ध भइ २०५६ सालमा काङ्ग्रेसको क्रियासिल सदस्य रहेर पार्टीको विभिन्न जिम्मेवारी सक्रिय भुमिका निभाउदै गत स्थानीय निर्वाचनमा विदुर नगरपालिकाको उपमेयरमा झिनो मतअन्तरद्वारा पराजित अमात्य पार्टीको विभिन्न भातृ संगठनमा आवद्ध हुँदै नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट विदुर न.पा वडा नम्बर २ बाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेकी हुन् ।

नेपाल महिला संघ नुवाकोटको सदस्य रहेकी अमात्य नुवाकोट उद्योग बाणिज्य महासंघको मनोनीत सदस्य हुँदै बरिस्ठ उपाध्यक्ष हुन सफल एक महिला ब्यबसायी हुन्।राजनीतिका साथ सामाजिक अभियानमा सक्रिय रहेकी उनी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने बिश्वास लिएको नुवाकोट जागरणलाई बताइन् ।

राम्रो काम गर्ने जो कोहिलाई समर्थन गर्दै गलतलाई गलत भन्दै सदैब बिरोध गर्ने बताउदै अनियमितता तथा बेथिति बिरुद्ध कडा रुपमा उत्रन आफू राजनीतिमा सक्रिय भएको बताइन् ।

बिपि कोइराला ,गणेशमान सिंह , गिरिजा प्र कोईराला, कृष्ण प्रसाद भट्टराई लगायत नेताहरुलाई आफ्नो आदर्श मान्ने अमात्यले नुवाकोटका अग्रज नेता तथा युवाहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै सबैले साथ दिने बिश्वास गरेकी छिन् ।उनिले छरिएर रहेका युवा तथा महिलालाई एकतावद्ध गरेर तीनै तहको निर्वाचनमा पार्टीलाई तयारी राख्ने बताएकी छिन् ।

अमात्यले उम्मेद्वारी घोषणा गर्दा सम्पूर्ण वडा सभापतिहरु, वडा कार्य समिति पदाधिकारी सदस्यहरु तथा क्षेत्रिय प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफुलाई अमुल्य मत दिई विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गरेकि छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x