काठमाडौ।
नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अध्यक्ष केपी ओली ‘फादर अफ द नेशन’ भएको बताएका छन् ।

नेकपा एमाले दक्षिणकाली नगरकमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली कै कारण विश्वमा नेपालको स्वभिमान उँचो भएको बताए ।मुलुकको विकास र समृद्धिको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अध्यक्ष ओलीले खेलेको भूमिका ऐतिहासिक भएको उल्लेख गर्दै नेता बस्नेतले ओलीकै मिसन र भिजनमा अबको नेपालको राजनीति दशकौंसम्म रहने दाबी समेत गरे ।

उनले भने, ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ ।त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् ।त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x