
नुवाकोट।
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य तथा नुवाकोटका युवा नेता समाजसेवी डा. भिमलाल तामाङद्वारा म्यागङ गाउँपालिकाका महिलाहरुलाई बाख्रा बितरण ,छात्रवृत्ति र आमाहरूलाई पछ्यौरी वितरण गरेका छन।
बुधबार एक कार्यक्रमको मार्फत नेता तामाङले जि. एफ.एन. (GFN) परोपकारी परियोजना २०७८/७८ अन्तर्गत म्यागङ गाउँपालिकाको वडा नम्बर ३,५ र ६ का २० जना महिलाहरुलाई बाख्रा बितरण गरेको हो ।
यस्तै नेता तामाङले सोही वडाका १२ जना एकल महिलाहरुलाई जनही रु. ३ हजारका दरले नगद सहयोग तथा १/१ थान न्यानो पछ्यौरी बितरण गरेका हुन।
साथै सोही वडाका ६ जना गरिब बिद्यार्थीहरुलाई जनही रु. २५ सयका दरले छात्रवृत्ति प्रदान गर्नुका साथै ३३ जना बिद्यार्थीहरुलाई पठनपाठनका सामाग्री बितरण गरिएको थियो।
कार्यक्रममा म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङ, उप-प्रमुख शान्ति लामा, वडा नं. ५ का अध्यक्ष राम तामाङ, नेपाली कांग्रेसका वडा सदस्य मंगल सिंह तामाङ , जसपा केन्द्रिय परिषद सदस्य राजन बम,जसपा म्यागङ गापा अध्यक्ष मान सिङ तामाङ, जसपा युवा नेता आइसिङ तामाङ, बुद्धि तामाङ, श्री बेङ्रुङ युवा क्लबका अध्यक्ष, परिवार दलका जिल्ला नेता बुद्धि मान तामाङ तथा मोङ्बथो महिला कृषि समुह अध्यक्ष प्रेम माया तामाङको उपस्थिति रहेको थियो ।