नुवाकोट
जिल्लाको किस्पाङ गाउँपालिका ५ भुमेस्थानमा सोमबार भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई राहत र घाईतेहरूको उपचारमा सहजिकरण गर्न किस्पाङ गाउँपालिका अध्यक्ष छत्र बहादुर लामाले गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामा र गाउँपालिका अध्यक्ष लामासहितको समूहले बिहीबार मन्त्रालयमा भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

स्मरण रहोस गत सोमबार किस्पाङ गाउँपालिकामा भएको बस दुर्घटनामा परेर घाइते भएकाहरुको जिल्ला अस्पताल त्रिशुली र ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x