
नुवाकोट।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य तथा युवा नेता डा भिमलाल तामाङले बाढी पिडितहरुलाई तत्काल सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै उक्त धारणा राखेका हुन।लेखेका छन् ;’बेमौसमी भारी बर्षाका कारणले नेपालको सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर एक लगायतका बिभिन्न भागमा मृत्यु हुने प्रति, बेपत्ता भएका नागरीकहरु तथा ठुलो मात्रामा भएको धनजनको क्षतिले मर्माहित बनाएको छ। यस्तो अकल्पनीय विपतका पीडितहरूलाई यथाशीघ्र सहयोगको लागी नेपाल सरकारको ध्यान आकर्षण गर्दछु।’