नुवाकोट।
मनसुन बिदा भए पनि केही दिनयता देशभर वर्षा भइरहेको छ।वर्षा याम सकिए पनि अनपेक्षित रूपमा भइरहेको भीषण वर्षाका कारण बाढी र पहिरोबाट देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधनको क्षति भएको छ।
यस्तै बेमौसमी बर्षाले झ्याप्पै छोपेको छ नुवाकोट र धादिङलाई पनि अधिकांश पहाडी भेग भएकोले धानबालीहरु खासै काटिएका छैनन् ।भर्खर फुल्न खेल्न थालेका ठुला धानहरु बाहेक हाइब्रीड धानहरु पाकेका छन।थोपल फाँट र सामरी फाँटमा धानहरु झुलेका छन कतै ढलेका पनि छन् तर झरी लम्बिने हो भने क्षती हुनसक्छन् स्थानिय एक कृषकले गुनासो पोखेका छन् ।
वर्षा हुने क्रम अझै केही दिन रोकिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। पश्चिमी क्षेत्रका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजबाट वर्षाको मात्रा केही कम हुने देखिए पनि त्यसयता पूर्वमा भने बढी वर्षा हुने समेत सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र प्रदेश १ का थोरै र प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव छ।