कंचनपुर।
महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको पहुँच मार्ग नदीले कटान गरेको छ।कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१२ बैजनाथ मन्दिरनजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक पूर्ण रुपमा कटान गरेको छ।

भाइरल रोडको दुवैतर्फका कालोपत्रे सडक महाकालीले कटान गरेर सकिएको छ। रोडबाट भित्र गाउँतर्फ नाली पनि बगाएको छ’, उनले भने, ‘महाकाली गाउँ पुग्न अब ४/५ मिटर ग्राभेल सडक मात्रै बाँकी छ।

अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले ‘भाइरल रोड’का नामले परिचित पहुँच मार्गको कटान गरेको हो।

‘नदीमा हिजोभन्दा अहिले केही पानी घटेको छ। जोखिममा रहेका गाउँका मानिसलाई हामीले अहिले अन्यत्र सार्दै छौँ’, वडाध्यक्ष शाहीले भनेका छन्।

महाकाली नदीले पहुँच मार्ग कटान गरेपछि नदी पूरै गाउँमा पस्ने खतरा बढेको छ।

नदीले पहुँच मार्ग कटान गर्न थालेपछि ऐरी, ओदाली, बडैपुर, सोना टोल, विजया टोल, पिपरिया लगायत क्षेत्रमा महाकाली पस्ने खतरा बढेको हो। त्यस क्षेत्रमा झन्डै २ हजार परिवारको बसोबास छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय