एजेन्सी।
बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या भएको छ ।सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका हो ।

गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका छन् ।प्रहरीले हमलाकारीलाई हत्यामा प्रयोग भएको छुरासहित नियन्त्रणमा लिएको छ ।रोयटर्स समाचार एजेन्सीका अनुसार चर्चमा आफ्नो क्षेत्रका जनतासँग कुरा गरिरहेको समयमा सांसद अमेसमाथि हमला भएको हो ।

हमलाकारीको उमेर २५ वर्ष बताइएको छ । उनले किन सांसदमाथि हमला गरे भन्नेबारे खुल्न सकेको छैन । अमेस करिब चार दशकदेखि सांसद थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय