
नुवाकोट।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती)ले नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीहरुलाई एकताबद्द हुन आह्वान गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई को हो ? भन्दै प्रश्न गरेका छन् । एक टेलिभिजन कार्यक्रममा भएको अन्तर्वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।
प्रचण्डहरुले कम्युनिस्टहरुका आन्दोलन ,निति,पद्धति र सपनाहरु सबै दलाल पुँजीवादमा लगेर बिसाईदिएको उनको बुझाइ रहेको छ ।उनले प्रचण्डहरुले जनयुद्ध ताकाका सम्पुर्ण एजेन्डाहरु छाडेर आम जनतालाई धोका दिएर पुँजीवाद सामु आत्मसमर्पण गरेको आरोप समेत लगाएका छन् ।