नुवाकोट।
बेलकोटगढी नगरपालिका -१० स्थित बेल्कोटगढिमा निरञ्जना पुजा संरक्षण समितिको आयोजनामा सामुहिक जमरा राखिएको छ।दलित, जनजाती,बाहुन र क्षेत्री समुदायका २०० घरधुरीले बिहान १०:१५ को साइतमा जमरा राखेको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उक्त पुजा टिकाको दिनसम्म चल्ने मन्दिरका पुजारी नरनाथ पौडेलले बताए भने यस गढिमा भरतबहादुर रानाले आवस्यक काम गरिरहेका छन् ।यो परम्परा पृथ्वीनारायण शाहको बेल्कोट कब्जासंगै शुरु भएको हो।

दमाईले पञ्चेबाजा बजाउने,मगर समुदायले उपस्याको काम गर्ने, बिश्वकर्माले साँध लगाउने र ब्राह्मणले पुजा गर्ने चलन रहेको छ।

यसैगरी स्थानीय बेल्कोट क्लबका अध्यक्ष तथा जसपा नेता राजकुमार पौडेलले बताए अनुसार पुजा संचालनमा राजनीतिका केही अप्ठ्यारो हुने गरेको र स्वेच्छिक चन्दा संकलन मार्फत अहिलेसम्म गरिएको र आगामी पुस्ताले परम्परा धान्न उचित आयस्रोतको विकल्प खोज्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय