रुपन्देही ।
जिल्लाको सैनामैना नगरपालिका–७ देउवापारमा सस्तोमा भैंसीको मासु खाँदा सबै बिरामी बनेका छन ।कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पिपलडाँडा ठूलीओकालीका एक स्थानीयसँग स्मृति टोलका केही व्यक्तिले भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए ।असोज १९ गतेको घटना भएपनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र उक्त घटना सार्वजनिक भएको हो ।

सैनामैना-७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए ।सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी १ सय ४० जनाले पकाएर खाएका थिए ।

नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कात्तिक ११ गते बिहीबार स्मृतिटोलमा नगरको स्वास्थ्य शाखासहितकोे टोली पुगेर खोप लगाइएको हो ।उहाँले कुल १ सय ४० जनामध्ये मासु का’टे’का र नपाकेको मासु छोएका ७० जनालाई पहिलो खोप दिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x