
नुवाकोट।
ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ ।यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
उक्त बैंकका अनुसार बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो । बचत खाता खोल्ने ग्राहकले शून्य मौज्दातमै डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, सि–आस्वा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा र डेबिट कार्ड सुविधा निःशुल्क पाउन सकिने बैंकले जनाएको छ ।