कांग्रेस अधिवेशनबाट निर्वाचित उपसभापति एक्कासी एमालेको वडा सचिवमा चयन

समाचार

दार्चुला।
नेपाली कांग्रेसका एक जना वडा उपसभापति एक्कासी एमाले पार्टीमा प्रवेश गरेका छन्।

जिल्लाको महाकाली नगरपालिका–२ का कांग्रेस वडा उपसभापति शंकरसिंह डोबाल एमालेमा प्रवेश गरेका हुन्।

उनी महाकाली नगरपालिका–२ मा शनिबार सम्पन्न एमालेको वडा अधिवेशनबाट सचिव बनेका हुन्।

यसअघि असोज ९ मा भएको कांग्रेसको वडा अधिवेशनमा डोबाल उपसभापति चयन भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *