काठमाडौं ।
माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् ।उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् ।

माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ ।

उनी जण्डिस बिग्रेका कारण देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् ।यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।

पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय