काठमाडौं / 
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले विश्व राजनीति नै तरंगित बनेको र नेपालले सावधानी नअपनाए तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिए। ‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन्। हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ।

उनले भने, हामी कुनै देशतर्फ ढल्किनु हुँदैन। घोषित नीतिभन्दा बाहिर जानुहुँदैन। दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने, ‘हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ। यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ। देश सानो वा ठूलो भएर हुँदैन। नीतिमा अडान हुनुपर्छ।’

उनले अहिले कसलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विषय मुख्य नभएको सुनाए। एमाले नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि अफर गरेको विषयमा राखिएको जिज्ञासामा रायमाझीले भने, ‘अब कसलाई प्रम बनाउने वा नबनाउने भन्ने कुरा मुख्य कुरा होइन। केपी ओलीजीले त्यस्तो भनेकोजस्तो लाग्दैन।

देशमा सामाजिक न्याय, सुशासन, राष्ट्रियतासहितको समृद्धिलाई प्राप्त गर्नको लागि त्यो एजेण्डालाई केन्द्रविन्दु बनाएर चुनावी अभियान र कार्यक्रम बनाउनुपर्छ। सबै दल आफ्ना एजेण्डा बोकेर जनतामा जानुपर्छ। जसको बहुमत आउँछ, उसले सरकार चलाउने हो।’

उनले एजेण्डाबिहीन हुने अनि सरकार बनाउनको लागि गठबन्धन बनाउने कुरा यो देश र जनताको हितमा नभएको टिप्पणी गरे। उनले भने, ‘बहुमत नआए एजेण्डा मिल्नेसँग सहकार्य गर्ने कुरा न्यायसंगत हो, सरकार बनाउनको लागि त्यो पनि निश्चित् समयको लागि सामान्य कुरा हो। चुनावमा सहकार्यको लागि पनि एजेण्डा मिल्नुपर्छ। अहिले एनी हाउ, सरकारमा जाउ र लुटेर खाउ भन्ने देखिएको छ। यो गलत हो।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे टिप्पणी गर्न आवश्यक नरहेको जिकिर गरे। ‘उहाँ अब कुन एजेण्डा बोकेर जाँदै हुनुहन्छ, भित्री रुपमा एसपीपी बोकेर जाने हो भने त्यो सान्दर्भिक देखिँदैन। तर, उहाँको एजेण्डा थाहा नभएकोले खासै टिप्पणी गर्नुपर्ने आवश्यक छैन।’यो समाचार अन्नपूर्ण पोस्टमा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय