काठमाडौ /
साहित्यकार तथा धरहरा अभियन्ता गजलकार डा. ध्रुबप्रसाद गजुरेललाई अन्तर्राष्ट्रिय नेपाल भारत मैत्री अवार्ड प्रदान गरिएको छ।

उक्त नेपाल भारत साहित्य सम्मेलन बि. सं. २०८३ जेठ १५- १७ गते सम्म काठमाडौंमा सम्पन्न भएको हो।


उक्त कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री झलनाथ खनालले गरेका थिए भने उक्त कार्यक्रममा भारत, भुटान र नेपालबाट आएका विभिन्न साहित्यकारहरूले गजल, चारु, कविता, खोरीया, भजन, सुसेली लगायतका बिभिन्न बिधाहरूका रचनाहरू वाचन गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन नेपालका तर्फबाट डा. देवी पंथी र भारतका तर्फबाट डा. बिजय पंडितले गरेका थिए। हरेक बर्ष संचालन हुने यस कार्यक्रमले छिमेकी राष्ट्रहरूबीचको , साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझै उचाईमा पुर्याउँदै लगेको छ ।
यस्ता कार्यक्रहरूले आपसी सम्बन्धलाई पनि भावनात्मक रुपले अगाडि बढाउँदछ। सहभागीहरू प्राय सबैले विभिन्न बिधाका रचनाहरू वाचन गरेका थिए। रचना वाचन गर्ने सबै साहित्यकारलाई विभिन्न अवार्ड सहित सम्मान पनि गरिएको थियो।
उक्त कार्यक्रममा काठमाडौं तारकेश्वर नगरपालिका निवासी धरहरा अभियन्ता, युग मानव, गजलकार डा. ध्रुबप्रसाद गजुरेलले आफैले प्रतिपादन गरेको घनु बहरको अर्कान २२२१/२२/१२२/ १२२ रहेको जानकारी दिँदै घनु बहरको गजल वाचन समेत गरेको र उक्त बहरमा नेपाल र भारतका धेरै जनाले गजल लेखेका छन। अब चाँडै घनु बहर गजल सङ्ग्रह प्रकाशन हुन लागेको हुनाले उक्त पुस्तकमा प्रकाशन गर्नलाई गजल पठाउन समेत अनुरोध गरिएको थियोे।
उक्त कार्यक्रम गजुरेललाई “अन्तर्राष्ट्रिय नेपाल भारत मैत्री अवार्ड”, “अन्तर्राष्ट्रिय नेपाल भारत साहित्य शिरोमणि सम्मान” का साथै “अन्तर्राष्ट्रिय नेपाल भारत सगरमाथा चारु साहित्य सम्मान” प्रदानगरिएको थियो। साहित्यका विभिन्न बिधामा निरन्तर साधना गरिरहने र साहित्यमा गरेको योगदानलाई हेरेर यस्ता सम्मानहरू दिने प्रचलन रहेको छ ।
यस अगाडि पनि भारतको मथुरा वृन्दावन लगायतका स्थानहरूमा पनि उनलाई बिभिन्न सम्मानहरू प्राप्त भएका छन् ।यस्तो प्रकारको सम्मान पाउने उनि तारकेश्वर नगरपालिका भित्र रहेका स्थाई बासिन्दाहरूमा पहिलो ब्यक्ति बन्न सफल भएका छन।

