नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा सातौं रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ। कुल ८ स्वर्णपदक सहित साविक विजेता ग्रामसेवा मावि प्रथम भएको हो।


८ स्वर्ण ४ रजत र ३ कास्यसहित ग्रामसेवा मावि सामरी प्रथम, ५ स्वर्ण ७ रजत र ३ कास्यसहित देउराली मावी द्वितीय, ४ स्वर्ण ४ रजत र ४ कास्यसहित सानुकिम्ताङ मावी तृतीय, ३ स्वर्ण ५ रजत र ३ कास्यसहित विन्दुकेशर मावि चौथो, २ स्वर्ण र १ कास्यसहिय वैजन्ती मावी पाँचौ भएका छन।
यसैगरी १ स्वर्ण १ रजत र १ कास्यसहित भुमेदेवी मावी छैटौं, चन्द्रदेवी आवि १ रजत र १ कास्य, सरस्वती मावी २ कास्य, देउराली इंग्लिस बोर्डिङ स्कुल १ स्वर्ण २ कास्य, जाल्पादेवी इंग्लिस बोर्डिङ स्कुलले २ स्वर्ण प्राप्त गरेका छन।
यस्तैगरी
भलिबल तर्फ पुरुष:
देउराली मावि प्रथम
सानुकिम्ताङ मावी द्वितीय
ग्रामसेवा मावि तृतीय
भलिबल तर्फ महिला:
वैजन्ती मावि प्रथम
देउराली मावी द्वितीय
ग्रामसेवा मावि तृतीय
१२ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता यहि पुस ११ गते र १२ गते संचालन भएको थियो।










