नुवाकोट /
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत पाएका छन्। मंगलबार दिउँसो बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्।

लामालाई सत्तासाझेदार दलहरू कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदले विश्वासको मत दिएका छन्। विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहेकामा मुख्यमन्त्री लामाले ६४ मत पाएका हुन्।

मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री लामाको विश्वासको प्रस्तावको पक्षमा ६४ र विपक्षमा ३५ मत खसेको सदनलाई जानकारी गराएका थिए। ३ सांसद तटस्थ बसेका थिए।

११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा १०२ जना सांसद मात्रै उपस्थित थिए। प्रदेश सभामा २ सांसद रहेको हाम्रो नेपाली पार्टीका सबै सांसद अनुपस्थित भए।

प्रदेश सभामा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र नेमकिपाका ३ सांसद रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x