काठमाडौ /
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्।
पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो।


भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त प्रतीक लामो समयदेखि फरार थिए। उनलाई अहिले जिल्ला प्रहरी परिसर टेकु लगिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएको थियो।
