नुवाकोट /
रसुवामा भएको मारुनी नाच प्रतियोगितामा म्यागङ -५ सामरी मारुनी नाचले प्रथम स्थान हासिल गर्न सफल भएको छ। रसुवाको रेडियो लाङटाङद्वारा आयोजित उक्त प्रतियोगितामा सामरी मारुनी प्रथम भएको हो।

रसुवाको कालिका हिमालय क्याम्पसमा भएको उक्त प्रतियोगितामा ७ समुहको सहभागीता रहेको थियो।

प्रतियोगितामा ठूलो गाउँ मारुनी समूह रसुवा तृतीय र नेपाल मगरसंघ लिखु नुवाकोटले दोस्रो स्थान हातपार्न सफल भएको थियो।

उक्त प्रतियोगितामा प्रथम भएका समुहले २५ हजार ,दोस्रो भएकाले २० हजार र तेस्रो भएको समुहले १५ हजार पुरस्कार हात पारेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय