नुवाकोट /
“नवसर्जकको खोजी, अग्रजलाई सम्मान , गाउँगाउँमा साहित्य हाम्रो अभियान” भन्ने मुलनारा सहित सुरु गरिएको साहित्य संगम नुवाकोटको बाह्र महिना बाह्र पालिका कार्यक्रम अन्तर्गत “गाउँगाउँमा साहित्य” कार्यक्रमको नवौं शृङ्खला सम्पन्न भएको छ।

शनिबार पञ्चकन्या गाउपालिकाको श्री पन्चकन्या मा. बि. पन्चकन्या -३ नुवाकोटमा सम्पन्न भएको हो।

संस्थाकी अध्यक्ष सुमित्रा सुमिको अध्यक्षता शुरु भएको कार्यक्रमको संचालन सरोज केसि सरोवरले गरेका थिए भने उक्त कार्यक्रममा प्रमुख अतिथिमा पञ्चकन्या गाउँपालिका अध्यक्ष र विशेष अतिथीमा गाउँपालिका उपाध्यक्ष वडा नम्बर २ र ३ का वडा अध्यक्ष जनप्रतिनिधिहरू शिक्षक शिक्षिकाहरू विद्यार्थी भाइ बहिनीहरूका साथै स्थानीय साहित्य प्रेमि जन समुदायहरुको बाक्लो उपस्थिति रहेकोे थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय