काम गर्ने हातहरु विदेश धाउनै पर्ने भए
यि हातले छानाे विदेशीको छाउँनै पर्ने भए।

नेपाली भई नेपालको कहिले सम्म शिर देख्ने
लगाम है मलम पट्टी साँच्चै लाउँनै पर्ने भए।

कागजि शिक्षा भन्दा अब सीप मुलक शिक्षा दिँदै
युवा जाेस आजै दाउन थालौँ दाउँनै पर्ने भए।

नाना र खाना देखि छाना सम्म परदेशकाे
पसिनाकै गित गाउँन देउ गाउनै पर्ने भए।

भगवती खनाल (सुनाखरी)
विनपा -८ नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय