मुटु जलेको बेला प्यास पिएर जिउँछु
तिम्ले हानेको अश्रुग्यास पिएर जिउँछु
चाहिएन झुटो स्वप्निल संसारको स्वर्ग
चोखो बिपनीको अत्यास पिएर जिउँछु।

शिरफूलमा हैन सौन्दर्य आफ्नै केशमा खोजौँ
पुर्खाको गौरवगाथा स्वदेशी भेषमा खोजौँ
पश्चिमी आँधीले ढालेको पूर्वी सभ्यता
खण्डहर संस्कृतिको भग्नावशेषमा खोजौँ।

सद्भाव सियो समाई छिया छाती सिउन मन छ
पगालेर पत्थर प्रेमिल पीयूष पिउन मन छ
अश्रुपानसँगै औँसीरातको अँधेरीमा
जुनकिरीझैँ जीवनज्योति जगाई जिउन मन छ।

भरत सिग्देल
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय