नुवाकोट /यसवर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको हो।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर ११ दिनपछि आइपुग्छ। तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उहाँको भनाइ छ।

अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेका उनले बताउए। मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो।

सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो। मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x