भारतको ओडिसामा रेल दुर्घटना: २ सय ३३ जनाको मृत्यु ९ सय भन्दा धेरै घाइते

अन्तराष्ट्रिय खबर

नुवाकोट /
भारतको ओडिसास्थित बालासोर जिल्लामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा कम्तीमा पनि २ सय ३३ जनाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा परेर ९ सय भन्दा धेरै घाइते भएका छन्।

बालासोर नजिकैको स्टेशनमा उक्त रेल दुर्घटना भएको हो।

चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनास्थल निरीक्षण गर्ने क्रममा केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरिसकेका छन्।

गम्भीर घाइतेलाई दुई लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने पनि उनले भनेका छन्।

रेल दुर्घटनामा घाइते भएका यात्रुलाई बालासोरको मेडिकल कलेज र गोपालपुरको अस्पतालमा भर्ना गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *