प्रमुख विपक्षी पार्टीको बहिष्कारबीच बंगलादेशमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री शेख हसिना बाजेदको अवामी लिग (एआई) पार्टी विजयी भएको छ। जातीय संसद्को कुल ३०० सिटमध्ये २९९ सिटका लागि आइतबार सम्पन्न निर्वाचनमा हसिनाको पार्टी विजयी भएको हो ।

यो जित सँगै शेख हसिना पाँचौँपटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

अलजजिराका अनुसार हसिनाको अवामी लिगले २२२ सिट प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार ६३ सिटमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा वर्तमान प्रतिपक्षी दल जातीय पार्टी ११ सिटमा खुम्चिएको छ।

निर्वाचनको सम्पूर्ण परिणामको औपचारिक घोषणा हुन बाँकी छ।

यसअघि सन् २०१८ मा सम्पन्न आमनिर्वाचनमा अवामी लिगले २५८ र प्रमुख विपक्षी जातीय पार्टी २७ सिटमा विजयी भएका थिए।

निर्वाचन परिणाम सार्वजनिकपछि हसिनाले आफ्नो पाँचौँ कार्यकाल सत्तामा रहनु भनेको ‘जनताको विजय’ भएको दाबी गर्दै ‘जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न जीवनभर लडिरहने’ बताइन् ।

७६ वर्षीया हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् ।सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर बंगलादेशको सत्तामा छिन् ।सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौथोपटक निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय