नुवाकोट/
जिल्लाको पञ्चकन्या गाउँपालिकामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
बिहिबार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले इलाका प्रहरीको भवन उद्घाटन गरेका हुन्।


मन्त्री श्रेष्ठले प्रहरीलाई सूचनामैत्री बनाउँदै लैजाने बताए। विपदको लागि आवश्यक सामग्री खरिद प्रक्रिया कार्ययोजना अघि बढेको समेत जानकारी दिए।
बागमती प्रदेश सरकारको २ करोड २ लाख ६९ हजार ५८० रुपैयाँ आर्थिक सहयोगमा इलाका प्रहरीको कार्यालय तथा भान्छाघरको निर्माण भएको प्रहरी नायव उपरीक्षक इन्जिनियर शम्भुप्रसाद कोईरीले जानकारी दिए।
कार्यक्रममा जग्गा उपलब्ध गराउने स्थानीय दाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
