हत्याको विरोधमा क्षतिपूर्तिको मागसहित: गल्छी–त्रिशुली सडक ठप्प

समाचार

नुवाकोट /
जिल्लाको गल्छी–त्रिशुली सडक अवरुद्ध गरिएको छ ।मृतकका आफन्तले दोषीलाई कारवाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै प्रर्दशन गरेपछि गल्छी–त्रिशुली सडक अवरुद्ध भएको हो।

हिजो राती करिव १२ बजे धादिङको गल्छी -६ निवुवाबोटमा स्थानिय निरज पण्डितले सोही स्थानमा विनोद थापामगरलाई धारिलो हतियार प्रयोग गरि सख्त घाइते बनाएको थियो।

घाइते विनोदलाई स्थानिय अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारको लागि काठमाण्डौको नर्भिक अस्पताल लगिएको थियो तर राती १ बजे चिकित्सकले उनलाई मृत घोषित गरे।

घटनामा संलग्न भएका निरज पण्डितलाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मृतकका आफन्तले आह विहानै ६ बजेदेखि विभिन्न स्थानमा प्रर्दशन गर्दै सडक अवरुद्ध पारेका छन् ।सडक अवरुद्ध भएसँगै पृथ्वी राजमार्ग तथा गल्छी–त्रिशुली सडकखण्ड ठप्प भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *