नुवाकोट/
युनाईटेड फुटबल क्लबको आयोजनामा भएको दोस्रो जिल्लास्तरीय एसइई फुटसल कप प्रतियोगितामा नागिनीथान युवा क्लब विजयी भएको छ।
नुवाकोट फुटसलमा आज भएको फाईनल खेलमा म्यागङ -५ पोखरी डाँडाको नागिनिथानले विदुर नपा-६ लाई ३-१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।


सेमिफाइनल नागिनीथानले महेन्द्र माविलाई र वडा नम्बर ६ ले सुभेनियर बोर्डिंङलाई हराउँदै फाईनल प्रवेश गरेको थियो ।
विजेता र उपविजेताले क्रमशः नगद १५ हजार र ७ हजार ५०० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोलकिपर सहितको सबै पुरस्कार नागिनिथानले हात पारेको छ।
