नुवाकोट /
जिल्लाको ककनी गाउँपालिकाकाले पालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले पालिकादेखि वडास्तरका कर्मचारी,विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका कार्यकारी समितिका पदाधिकारीहरुले २०८० सालदेखि अनिवार्य रुपमा आफ्ना सन्तानलाई १ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन दिने निर्णय गरेको हो।
साथै बैठकले पालिकाको निर्णय अटेर गरेमा पालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा रोक्का गर्ने निर्णय समेत गरेको छ।