नुवाकोट /
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ। युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो। जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।

यद्यपि, खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो। यो जितसँगै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय