बागमती प्रदेशका कानुन मन्त्री श्रेष्ठसंग: नेसपा नुवाकोटको अन्तरक्रिया सम्पन्न

वागमती समाचार

नुवाकोट /
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठसंग नेपाल समाजवादी पार्टी नुवाकोटले अन्तरक्रिया गरेको छ। जिल्ला पार्टी कार्यालयमा समग्र देशको राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिक योजना सम्बन्धि अन्तरक्रिया गरेको हो।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि सत्ता समीकरणमा फेरबदल भएको र काँग्रेससहितका १० दलको गठबन्धन बनेको उनले बताए ।

राष्ट्रपति निर्वाचनमा समर्थन गरेका दलहरूसँग मिलेर प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बिस्तार हुने र मुलभुत एजेन्डाहरु एक भएका पार्टीहरु मिलेर समाजवादी केन्द्र बनाउँदै अघि बढ्ने समेत उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *