नुवाकोट /
फागु पर्व मनाउन छहरे आएका शिवपुरी- ८ का २४ वर्षिय मनोज तामाङको भीरबाट खसेर मृत्यु भएको छ। गुर्जेभञ्ज्याङ स्थित अस्थायी पोस्टका प्रहरीले जनाकारी दिएका हुन् ।

घटनाको अनुसन्धान भने भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

फागु पर्व मनाउन ४ जना केटा, २ जना केटी नुवाकोट आएका र राति पौने १२ बजे युवक भीरबाट खसेको भन्दै उनका साथीहरूले नै प्रहरीलाई खबर गरेका थिए।

मृतक युवकको शव थानाभञ्ज्याङ नजिकैको छरछरे भीरबाट २५० मिटर तल भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय