नुवाकोट /
नेपाल प्रहरीले लागु औषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जसमध्ये नुवाकोटका एकजना पनि पक्राउ परेका हुन।
नेपाल प्रहरीले लागु औषध कारोबारमा संलग्नमध्ये ४ जना थाई नागरिक, २ जना भारतीय र ७ जना नेपाली नागरिक गरी कुल १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।


गत माघ २७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट लाक्पा शेर्पासँग लागु औषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलाञ्चोक भुम्लु ४ का २४ वर्षका दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं महानगरपालिका वडा नम्बर २२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागु औषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी ८ का २९ वर्षका लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए।
