• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    रसुवाबाट काठमाडौ पुगेको एम्बुलेन्स समेत तोडफोड


    २०७९ फागुण २, मंगलबार

    २०७९ फागुण २, मंगलबार

    काठमाडौ /
    ट्राफिक कारबाही खुकुलो पार्न र बसपार्कबाहिर माइक्रोबस पार्किङ माग्दै बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको प्रदर्शनमा एम्बुलेन्स समेत तोडफोड गरिएको छ ।

    चालक ठाकुरप्रसाद न्यौपानेले भने, ‘म रसुवाको कालिका गाउँपालिकाबाट ल्याएको बिरामी टिचिङमा छाडेर फर्किँदै थिएँ। प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड मात्रै गरेनन्, मेरो मोबाइल पनि लुटे ।’

    प्रदर्शनकारीले प्रहरीका दुई भ्यानमा आगजनी गरेका छन् भने एक प्रहरी अस्थायी बिट र दर्जन सार्वजनिक तथा निजी सवारीसाधन तोडफोड समेत गरेका छन् ।

    मिल्दो जुल्दो खबर