नुवाकोट /
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको नयाँ नेतृत्व चयनको भएको छ । सोमबार भएको जिल्ला सभा मार्फत मन्त्री सहितका ५ पदमा सर्वसम्मत मार्फत र सभापति सहित १२ पदमा निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।
जिल्ला शाखा नुवाकोटको ३४ औं जिल्ला सभा मार्फत भएको अधिवेशनले सभापतीमा हरि श्रेष्ठ बिजयी भएको हो ।उनले १११ मत ल्याएर बिजयी हुदाँ प्रतिस्पर्धी शिव गुणीले १६ मत मात्रै पाएका थिए ।


यस्तै, उपसभापतिहरुमा निरन्जन आचार्य र सुशीला चित्रकार, मन्त्रीमा उद्धब शर्मा रिजाल, उपमन्त्रीमा प्रेमप्रसाद रिमाल र उप कोषाध्यक्ष पदमा क्षेत्रबहादुर तामाङ सर्वसम्मत अर्थात निर्विरोध निर्वाचित भएका छन्। यस्तै, कोषाध्यक्षमा नबराज सुबेदी निर्वाचित भएको छ। उनले ९० मत ल्याएर बिजयी हुदाँ उनको प्रतिस्पर्धी बद्रीप्रसाद त्रिपाठीले ३३ मत मात्रै पाएका छन ।
यस्तै, ३ जना महिला सहित १० सदस्य पदहरु सबै निर्वाचन प्रक्रिया मार्फत चयन भएको हो। सदस्यहरुमा बिनोद पाठक, रमेश गिरी, ज्ञानेन्द्र गिरी, रूपबहादुर तामाङ, केशब सुबेदी, राजकुमार भट्टराई, शंकर अमात्य, सुशीला श्रेस्ठ, निर्मला प्याकुरेल र पार्बती भट्ट हुमागाई बिजयी भएको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सोमबार भएको ३४औँ जिल्ला सभा शाखाको पूर्वअध्यक्ष रामप्रसाद जोशीको प्रमुख आतिथ्यता र कार्यबाहक सभापति निरञ्जनप्रसाद आचार्यको सभापतित्वमा रेडक्रसको आफ्नै भवन विदुरमा सम्पन्न भएको हो ।
