कास्की /
जातीय विभेदको आरोप लागेका पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन्। आफ्नै दलित महिला वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको उजुरीपछि कास्की प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको हो।

पुस १८ गते भएको बजेट लक्षित महिला समूहको भेलामा वडाध्यक्ष भरतबहादुरले मैयामाथि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए।

उनले भनेका थिए,‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्?’मैयामाथि उनले यसअघि पनि यस्तै व्यवहार गर्दै आएको उजुरीमा उल्लेख छ।

मैयाकै उजुरीको आधारमा पक्राउ परेका अधिकारीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको जातीय दुर्व्यवहार र भेदभावविरुद्ध कानून अनुसार ५० प्रतिशत बढी सजाय माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय