काठमाडौको तारकेश्वरमा स्कुटर दुर्घटना हुँदा नुवाकोटका एकजनाको ज्यान गयो

ताजा समाचार वागमती समाचार

नुवाकोट /
काठमाडौमा स्कुटी दुर्घटना हुँदा नुवाकोटका एकजनाको मृत्यु भएको छ। अनियन्त्रित स्कुटी बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको हो।

गएराति तार्केश्वर नगरपालिका–७ मा भएको दुर्घटनामा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ गेरगाउँका ३८ वर्षीय पशुपती ढंगोलको मृत्यु भएको हो।

तार्केश्वरको चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएर गम्भीर घाइते भएका उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत बालाजुले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *