नुवाकोट /
नेपाली कांग्रेस भित्र संसदिय दलको नेता छान्न रस्साकसी शुरु भएको छ। संस्थापनइतर समूहले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने सहमति गरेसंगै रोचक बनेको हो।
मंगलबार संस्थापनइतर बसेको बैठकले गगन थापालाई दलको नेताका लागि उमेदवार बनाउने निर्णय समेत गरेको छ।


नेता कोइरालालाई १५ औं महाधिवेशनमा सहयोग गर्नेगरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ। कोइरालाले थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछन् ।
थापाले दलको नेतामा उम्मेदवारी दिने भएसँगै आफू निकट सांसद र केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्। उक्त भेलामा नेता कोइराला र महामन्त्री थापा पनि सहभागी हुनेछन्।
महामन्त्री थापा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने भएपछि पार्टीभित्र बहुमत प्राप्त देउवाका लागि चुनौती खडा भएको छ।
कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। दलको नेता चयनका लागि भोलि निर्वाचन हुने तालिका रहेको छ।
