जब बा’को लास उठ्यो आँगनबाट
कसैको दया पलाएन मेरो रोदनबाट ।
साहुले गृह भूमि कब्जा गरेको देख्दा
सहानुभूति आएन कोही सज्जनबाट ।
पुछियो सिउँदो लुटियो श्रृङ्गार आमाको
सुनेन कसैले मेरो चित्कार धड्कनबाट ।
अरे दैव तँ त अरूको दु:खमा रमाउने होस्
कहाँ बुझ्थिस् र यी शब्दको लेखनबाट ।
मर्ने त मरेर गए बाँच्नेलाइ खुवाऊँ कसरी
खै कसले बुझ्थ्यो र हृदयको कम्पनबाट ।
आस्था निरौला