नुवाकोट /
पूर्व प्रधानमन्त्री एवंम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसी बीच भेटघाट भएको छ ।पूर्वमन्त्री समेत रहेका नेता केसी र भट्टराईबीच भट्टराई निवास टोखामा भेटघाट भएको हो। करिब साढे १ घण्टाको भेटघाटमा विविध राजनीतिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ ।

भेटघाटमा गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समिक्षा भएको छ। त्यस्तै नयाँ सरकार गठनका लागि सहमतीय बाटोबाट जानुपर्ने नेता केसीको सुझाव रहेको छ ।त्यस्तै देशको अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधारणाको निर्माण गर्दै सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x