४० हजार उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

ताजा समाचार मजदुर समाचार स्वास्थ्य

कालिकोट /
छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ। जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार गरेको भुक्तानी गर्न नसक्दा अस्पतालमा बन्दकजस्तै बस्नु परेको हो ।

घाटे शाही आफू, श्रीमती र छोरालाई ल्याएर पलाँता गाउँपालिकाले सञ्चालन गरेको सरकारी अस्पतालमा उपचार गर्न आए ।उनका छोरालाई अस्पतालमा औषधि गरेको र बेड शुल्कसमेत गरेर ४० हजार बिल पुग्यो ।

सो रुपैयाँ तिरेर जान अस्पताल प्रशासनले भनेपछि रुपियाँ नभएको जवाफ पाउनेबित्तिकै अस्पतालका कर्मचारीले बेड छाडेर जान दिएनन् ।डाक्टरले रुपैयाँ नतिरी जान पाइँदैन भनेका कारणले आफू र छोरा अस्पतालकै बेडमा थप बस्नु परेको घाटे शाहीले गुनासो गरे ।

उनको छोराको खुट्टामा चोट लागेको र घाउ बल्जिएपछि अस्पताल ल्याएका थिए ।पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले आफ्नो पालामा कुनै पनि शुल्क नलिने र औषधिमा पनि गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न लक्षित वर्गलाई पूरै निःशुल्क गरे पनि अहिले त्यस्तो नभएको बताए।

वर्तमान स्थानीय सरकारले शुल्क बढाएको र सबैलाई एकैनासको शुल्क निर्धारण गरेकाले घाटे शाही समस्यामा परेको पूर्वअध्यक्ष बमको भनाइ छ। सरकारी अस्पतालमा अहिले सरकारले ७२ प्रकारका औषधि निःशुल्क पठाउने गरेको छ तर पलाँता गाउँपालिकाले आफूखुसी शुल्क निर्धारण गरेका कारण सेवाग्राही मर्कामा पर्दै आएका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *