• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    नुवाकोटमा २ थान भरुवा बन्दुक र बारुद सहित एकजना पक्राउ


    २०७९ मंसिर १७, शनिबार

    २०७९ मंसिर १७, शनिबार

    नुवाकोट /
    जिल्लाको शिवपुरी गाउँपालिका–३ नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्क बहादुर तामाङलाई भरूवा बन्दुक २ थान र बारूद १ केजी सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    घरमा भरुवा बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा तलासी गर्दा लोड गरी राखिएको उक्त बन्दुक र बारुद फेला परेको प्रहरी चौकी पाट्टीभञ्ज्याङले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    मिल्दो जुल्दो खबर