नुवाकोट /
नेपाल समाजवादिका पोलिटब्युरो सदस्य ,समाजसेवी तथा नुवाकोटका युवा नेता डा• भिमलाल तामाङले किस्पाङको श्री आधारभूत विद्यालयमा शैक्षिक सामग्री र विपन्न परिवारका विद्यार्थीहरुलाई एकवर्ष छात्रवृत्तिको एकमुष्ठ चेक विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ। हिजो बिहीबार विद्यालयको ६३ औं वार्षिकोत्सबको अवसरमा उक्त सामग्री र छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो।


जेहन्दार तथा बिपन्न परिवारको छात्रलाइ अभिभावकत्व लिदै आएकोमा निजको पठनपाठनमा कुनै अवरोध नहोस् भन्ने हेतुले यस वर्षको सम्पूर्ण खर्च स्वरूपको एकमुष्ट रकमको चेक बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष र बिद्यालय प्रधानध्यापकलाइ हस्तान्तरण गरिएको थियो।
बिद्यालयमा अध्ययनरत् सम्पूर्ण बिद्यार्थीहरुको लागि शैक्षिक सामग्री लायन्स क्लब अफ काठमाडौँ बनस्थलीको तर्फबाट वितरण गरिएको थियो।




